काठमाडौं, २३ माघ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री दाहाल र उनकी छोरी गंगा दाहालमाथि विभिन्न आरोप लगाएर चर्चामा आएका सिंह एक महिना बित्न नपाउँदै गलेका छन् ।
प्रधानमन्त्री दाहालसमक्ष भेटको लागि विभिन्न माध्यमबाट गुहार गरेका सिंहले एक सातापछि आज (मंगलबार) प्रधानमन्त्रीसँग भेट्ने मौका पाएका हुन् । आजको भेट भने हिजो संसद् बैठकमा प्रधानमन्त्री दाहालसँग भेट्दा गरेको विन्तीअनुसार जुरेको हो।
सिंहले हिजो संसद् बैठकको क्रममा प्रधानमन्त्री दाहाललाई भेट्नको लागि समय दिन भनेका थिए । अहिले सिंहदरबारमा सिंहले प्रधानमन्त्री दाहालसँग भेट गरेको बताईएको छ । file photo




प्रतिक्रिया