Logo

पत्नी सीता दाहाल सम्झिएर भक्कानिए प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहाल सम्झिएर भक्कानिएका छन् । ‘अफ एयर विथ सञ्जय’ कार्यक्रमका लागि सञ्जय सिलवाल गुप्तासँगको अन्तरंग कुराकानीको क्रममा प्रधानमन्त्री दाहालले आफूले पत्नी सीतालाई धेरै नै मिस गर्ने गरेको सुनाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छायांकन गरिएको उक्त कार्यक्रममा सञ्जयले कुराकानीपूर्व आफूले स्वर्गीय सीता दाहालको तस्विर देखेको प्रसंग उठाउनेबित्तिकै दाहाल भक्कानिएका हुन् ।

सञ्जयले ‘भित्र मुवाको तस्विर देखेको थिएँ, कत्तिको मिस गर्नुहुन्छ ?’ भनेर प्रश्न राख्न नपाउँदै दाहाल भक्कानिए । उनले सम्हालिँदै जवाफ फर्काए–‘धेरै।’ उनले मिस गर्ने फिलिङ हुनुपनि नेचुरल भएको सुनाए । अहिले समय नभएपनि फुर्सद निकालेर परिवारसँग रमाउने गरेको उनको भनाई छ । प्रचण्ड पत्नी सीता दाहालको गत असार २७ गते निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot