Logo

राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आजपा प्रवेश



काठमाडौं, २८ माघ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आम जनता पार्टीमा प्रवेश गरेका छन् । आजपाका अध्यक्ष प्रभु साहले गुप्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

उनीसँगै युवा नेता निरज गुप्तापनि आजपामा प्रवेश गरेको जनाईएको छ । अध्यक्ष साहले नवप्रवेशीहरुलाई पार्टीमा गोलबद्ध भएकोमा बधाई दिँदै उज्जवल राजनीतिक भविष्यको लागि शुभकामनासमेत दिए ।

साहले फेशबुकमा लेखेका छन्-

आज सिंहदरबार स्थित आजपा संसदीय दलको कार्यालयमा नेकपा (एमाले) सर्लाहीको नेता तथा राष्ट्रिय युवा संघको जिल्ला अध्यक्ष सुनील कुमार गुप्ता, निरज गुप्ता लगायतका युवाहरु आजबाट विधिवत रुपमा हाम्रो पार्टीमा गोलबन्द हुनुभएकोमा सहर्ष हार्दिक स्वागत, बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको असीम शुभकामना व्यक्त गर्दछु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot