काठमाडौं, फागुन ३ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई पहिलो बलमै गुमायो । उनलाई रुबेन ट्रम्पलम्यानले शून्यमै क्याच आउट गराए ।
नेपालले आज टस हारेर ब्याटिङको निम्तो पाएको हो । नामिबियाविरुद्ध ओपनिङ ब्याटरको जिम्मेवारी कुशल र आसिफ शेखले पाए । आज अनिल साहले तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका छन् । नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको छ। सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
हालसम्म नेपाल र नामिबियाले एकअर्काविरुद्ध ६ एकदिवसीय खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमा नामिबियाले तीन र नेपालले दुई खेल जितेको छ ।












प्रतिक्रिया