Logo

तरुण दल सिन्धुलीद्वारा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना



काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल जिल्ला कार्यसमिती सिन्धुलीले हरिहरपुर गढीको झनझनेमा बृहत् मुटु रोग विशेषज्ञ शिविर आयोजना गरेको छ ।

उक्त बृहत् मुटु रोग विशेषज्ञ शिविरमा प्रमुख अतिथिको रुपमा सहभागी भएका नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले विपतका हरेक ठाउँमा तरुण दल पुग्ने बताए । उनले जनताको हरेक सुख दुःखमा तरुण दलको साथ रहिरहने बताए ।

आगामी दिनमा तरुण दल पूर्ण रुपमा सामाजिक सेवामा लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे । शिविरमा विरामीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

अध्यक्ष गुरुङले जिल्ला कार्यसमितिले रचनात्मक कार्यक्रमको आयोजना गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले विरामी र चिकित्सकहरुसँग पनि अन्तरक्रिया गरेका थिए । अध्यक्ष गुरुङले शिविरमा खटिएका स्वार्थकर्मीको टोलीलाई धन्यवाद ज्ञापन गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot