Logo

सागरले लिए आक्रामक ब्याटिङ गरिरहेका दलिवालको विकेट, खेलमा फर्किने प्रयासमा नेपाल ‘ए’



काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ ले पाँचै विकेट गुमाएको छ ।

पाँचौ विेकट गुमाउनेक्रममा क्यानडा ११ ले २६।५ ओभरमा सागर ढकालको बलमा नवनित दलिवाललाई गुमाएको हो । ७६ बलमा १० चौका र २ छक्कासहित ८० रन बनाएर खेलिरहेका उनलाई आउट गरेसँगै नेपालले खेलमा फर्किने प्रयास गरेको छ ।

ताजा अवस्थामा २७ ओभरमा मात्र ५ विकेट गुमाएको क्यानडा ११ ले १२० रन जोडेको छ । नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्