‘नेता व्यापारी र व्यापारी नेता बन्दा पार्टी संकटमा पर्‍यो, सबैको सम्पत्ति छानबिन गरौं’


काठमाडौं,७ फागुन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले व्यापारीहरु राजनीतिमा हामफाल्दा पार्टी संकटमा परेको दाबी गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको महासमिति बैठकलाई सम्बोधन गर्दै कानून न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका गुरुङले नेताहरु व्यापारमा र व्यापारमा लागेकाहरु राजनीतिमा आउँदा कांग्रेस ध्वस्त भएको टिप्पणी गरेका छन् ।

गुरुङले पार्टीबाट निर्वाचित वडाध्यक्षदेखि संघीय मन्त्रीसम्म सबैको सम्पत्ति छानबिन गर्न माग गरे । उनले सबैको सम्पत्ति छानबिन गर्ने हो भने आगामी निर्वाचनमा पार्टीलाई एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

‘नेपाली राजनीतिमा देखिएको क्रोनी क्यापटिजमका कारण व्यापारी नेता र नेता व्यापारी जस्ता देखिए । अबको दिनमा हामीले क्रोनी क्यापिटलजिमको विरुद्ध एक ठाउँमा उभिनु जरुरी छ’ गुरुङले भने, ‘यही कारण आर्थिक सुशासन कायम गर्न सकिरहेका छैनौं । जबसम्म देशमा भ्रष्टाचार रहन्छ फेदमा बसेकालाई टुप्पोमा पुर्‍याउन सकिँदैन ।’

उनले बैठकमा पेश गरिने प्रस्तावमा गहिरो गरी छलफल हुनुपर्ने र नीति बनाइनुपर्नेमा जोड दिए। file photo