Logo

भ्रष्ट शासकलाई अनुनय-विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन सक्दैन: कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकहरुलाई निबेदन दिएर,ज्ञापनपत्र बझाएर,अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुन नसकेने जिकिर गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले हिन्दूराष्ट्रको एजेण्डालाई सार्थकता दिने हो भने सबैजना मिल्नुको विकल्प नभएको बताएका छन् ।

‘भ्रष्ट शासकहरुलाई निबेदन दिएर,ज्ञापनपत्र बझाएर,अनुनय विनय गरेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना हुँदैन, हुनसक्दैन’ उनले भनेका छन् ‘ एक्लैएक्लै वा आ-आफ्नो ढंगबाट आन्दोलन गरौँ भन्नु प्रकारान्तरले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिनु हो।सबै राष्ट्रवादीहरुले एउटै मोर्चा बनाएर जानुपर्छ,अर्को विकल्प छैन’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot