Logo

एमाले केन्दीय कमिटी बैठक: समूहगत छलफल सुरू



काठमाडौं, ९ फागुन । मंगलबानरबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको सातौं बैठक आज पनि जारी छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समूहगत छलफल सुरु भएको छ ।

मंगलवारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई समाधान गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबको खाकासहितको कार्ययोजना प्रस्तुत गरेका थिए । सोही कार्य योजनामाथि समूहगत रूपमा छलफल सुरु गरिएको हो ।

बिहीबारसम्म चल्ने बैठकमा प्रश्तुत कार्ययोजनामाथि छलफल गर्न एमालेले स्थायी कमिटी, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू गरी नौ समूह बनाएको छ ।

समूहले प्रश्तुत गरेको निष्कर्षलाईसमेत सम्बोधन हुनेगरी अध्यक्ष ओलीले सम्बोधन गरेपछि बैठक समापन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot