Logo

तरुण दल रामेछापको जिल्ला सम्मेलन आगामी चैत ३ गते गर्ने निर्णय



काठमाडौं, १३ फागुन । नेपाल तरुण दल रामेछापले यही चैत्र ३ गते रामेछापमा ‘तरुण जिल्ला सम्मेलन’ गर्ने भएको छ । तरुण दल रामेछापको शनिबार मन्थलीमा बसेको बैठकले सम्मेलनबारे निर्णय गरेको हो ।

बिपी स्मृति भवन मन्थलीमा तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेको उक्त बैठकले तरुण जिल्ला सम्मेलन गर्ने निर्णय गरेको तरुण दल रामेछापका सह–सचिव जीवन कार्कीले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यहरू कमान खड्का (दिपेन्द्र) , सौरभ केसी, योगेश श्रेष्ठ र रमेश खड्कासहित जिल्ला कार्यसमितिको पदाधिकारी, सदस्य तथा तरुण नेताहरुको उपस्थिति रहेको थियो ।

उक्त सम्मेलनले तरुण नेता तथा तरुण दललाई सक्रिय बनाउन र संगठनलाई चलाएमान बनाउन सहयोग पुग्ने विश्वास तरुणदलले लिएको तरुण दल रामेछापका अध्यक्ष खड्काले बताए ।

यस तरुण सम्मेलनमा जिल्लाका सबै तहका तरुण नेताहरुको सहभागीता रहनेछ भने सम्मेलनमा तरुण दलको अवस्था ,भावी कार्ययोजना तथा कार्यक्रमहरुका विषयमा वृहत् छलफल हुने तरुण दल रामेछापका सहसचिव कार्कीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot