Logo

लघुवित्त पीडितहरु संसद् भवन छिरेपछि गृहमन्त्री तनावमा, प्रहरी प्रमुखदेखि सीडीओसम्मलाई बोलाए



काठमाडौं, १४ फागुन । लघुवित्त पीडितहरु प्रहरीको सुरक्षा घेरा तोडेर संघीय संसद् भवन परिसरमा छिरेपछि सुरक्षा व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा भएको छ । आज (सोमबार) संसद् चलिरहेको अवस्थामा लघुवित्त पीडितहरु संसद् प्रहरीको सुरक्षाघेरा तोडेर संसद् भवन परिसरमा प्रवेश गरेका थिए ।

उक्त घटनालाई लिएर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौंका प्रहरी प्रमुखलगायतलाई सिंहदरबारमा बोलाएर छलफल गरेका छन् ।

संसद् भवन परिसरमा लघुवित्त पीडितहरु छिर्नु गम्भीर कमजोरी भएको भन्दै गृहमन्त्री श्रेष्ठले उनीहरुलाई छलफलमा बोलाएका हुन् ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उक्त घटना छानविनका लागि तीन सदस्यीय छानविन समिति बनाइएको बताए । उनले घटनापछि त्यहाँ तैनाथ प्रहरीको जिम्मेवारी खोसेर अर्को टोली पठाएको समेत जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot