Logo

माओवादीको ‘मधेश–तराई राष्ट्रिय जागरण अभियान’ सर्यो



काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) ले ‘मधेश–तराई राष्ट्रिय जागरण अभियान’ सारेको छ । यसअघि उक्त अभियान माओवादीले चैत १ गतेदेखि गर्ने निर्णय गरेको थियो । तर, समय अभावका कारण उक्त अभियानलाई चैत १५ गतेदेखि सुरु गर्नेगरी सारिएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए ।

‘मधेश–तराई राष्ट्रिय जागरण अभियान चैत १ गतेदेखि गर्ने भनिएको थियो । अहिले समय अलि नपुग्ने भएको हुनाले अहिले चैत १५ गते गयो,’– स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता सापकोटाले भने ।

सोहीअनुसार हिमाल पहाड मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय भएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot