Logo

अन्तर-दूतावास फुटबल प्रतियोगिता : अमेरिकी र बेलायती राजदुत आमनेसामने (फोटोफिचर)



काठमाडौं, १९ फागुन । नेपालस्थित् दूतावासका अधिकारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । हिजो (शुक्रबार) नेपालस्थित् अमेरिकी दूतावास र बेलायत दूतावासका अधिकारीबीच मैत्रीपूर्ण खेल भएको जनाईएको छ ।

जसमा अमेरिकी दूतावासका अधिकारीहरु विजयी भएका हुन् । अमेरिकी दूतावासको तर्फबाट राजदूत डिन आर. थम्प्सनले नै आफ्नो टोलीको नेतृत्व गरेका थिए । उता, रोब फेनले बेलायती दूतावासका अधिकारीहरुको टिमको नेतृत्व गरेका थिए ।प्रतियोगितामा सहभागी भएका तस्विरसहित अमेरिकी दूतावासले आफ्नो फेशबुक पेजमा लेखेको छ-

बधाई अमेरिकी दूतावास टोली!

हिजो, राजदूत थम्पसनले UK in Nepal संगको फुटबल खेलमा अमेरिकी दूतावास नेपाल फुटबल टोलीको नेतृत्व गर्नु भयो! अन्तर-दूतावास फुटबल खेलले दुई दूतावासका अधिकारीहरूलाई मैत्रीपूर्ण खेलमा संग्लग्न गरेर नेपाल, अमेरिका र बेलायतबीचको बहुपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँन मद्दत गर्यो।

Congratulations U.S. Embassy team!



प्रतिक्रिया दिनुहोस्

Screenshot