Logo

राज्यमन्त्रीद्वय पदमुक्त हुँदै



काठमाडौं, १९ फागुन । दुई राज्यमन्त्री पदमुक्त हुने भएका छन् । भोलिबाट राष्ट्रिय सभा सदस्यको पदावधि सकिने भएपछि उनीहरु स्वतः पदमुक्त हुन लागेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँको राष्ट्रिय सभा सदस्य पदावधि भोलिदेखि सकिँदैछ ।

मन्त्री रहन सदनको सदस्य रहनुपर्ने प्रावधानअनुसार उनीहरु पदमुक्त हुन लागेका हुन् । राष्ट्रिय सभामा प्रमिलाले जनता समाजवादी पार्टीबाट र नन्दा चापागाईँले नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधित्व गरेका थिए ।

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुको शपथसमेत भोलि हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot