Logo

माधव नेपाललाई फकाउन ओली–प्रचण्ड माधव निवास कोटेश्वरमा



काठमाडौं, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा पुगेका छन् ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाएकोमा अध्यक्ष नेपाल असन्तुष्ट छन् । पार्टी विभाजनपछि सार्वजनिक रुपमाका ओली–नेपालले पहिलो पटक भेटवार्ता गरेका छन् । यद्यपि ओली–नेपालबीच यसअघि धेरै गोप्य वार्ताहरु भएका थिए ।

एकीकृत समाजवादीलाई केन्द्रीय गठबन्धनमा सहभागी नगराउँदा प्रदेश सरकारमा निकै ठूलो असर पर्ने भएपछि ओली–प्रचण्डनै अध्यक्ष नेपालको निवासमा पुगेका हुन् ।

एकीकृत समाजवादीलाई गठबन्धनमा सहभागी गराउन ओली–प्रचण्ड हिजोदेखि नै सकृय छन् । ओलीले हिजो अध्यक्ष नेपालसँग फोन संवादसमेत गरेका थिए । Photo by Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्