काठमाडौं, २२ फागुन । माधव नेपालसँगको छलफल सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । नेपालको कोटेश्वर निवासमा भएको दुई घण्टा लामो छलफलमा सत्ता सहकार्यको लागि दाहाल र ओलीले प्रस्ताव गरेका थिए ।
नेपाल निवास कोटेश्वरबाट बाहिरिने क्रममा ओलीले माधव नेपाल अस्वस्थ भएको कारण स्वास्थ्यलाभको कामना गर्न आएको र सो क्रममा राजनीतिक विषयमा पनि कुराकानी भएको प्रतिक्रिया दिए । उनले माधव नेपालसँगको छलफल सकारात्मक भएको पनि जानकारी दिए ।
दाहाल र ओली निस्किएलगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेपाल निवास छिरेका छन् । प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएपछि राजनीतिक तातिएको छ । प्रधानमन्त्री दाहाललै हिजै सानो मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।
तर, मन्त्रालय भागबण्डा र सरकारमा सहभागी हुने दलको छिनोफानो नभएको कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन भने समय लाग्ने भएको छ । माधव नेपालले पनि सरकारमा सहभागिता जनाउने चाहना राखेका छन् ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया