राष्ट्रियसभा अध्यक्ष दाहालले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

नवनिर्वाचित अध्यक्ष दाहालको शपथ ग्रहण समारोहमा उच्चपदस्थ अधिकारी र राजनीतिक नेतृत्वहरुको सहभागिता रहेको थियो ।

अध्यक्ष दाहाल आजै राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका हुन् । दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत रहेको थियो ।

नवनियुक्त राष्ट्रिय सभा अध्यक्ष दाहाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन् । उनको कार्यकाल ४ वर्ष बाँकी रहेको छ । उनी नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यसमेत हुन् ।