संसद्मा लिङ्देनको हुंकार: एक दिन हामी यो गणतन्त्र पल्टाएर छाड्छौँ


काठमाडौं,३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक दिन राप्रपाले गणतन्त्र पल्टाएरै छाड्ने अठोट व्यक्त गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा उर्जामन्त्री समेत रहेका लिङ्देनले गणतन्त्रलाई लुटतन्त्रको संज्ञा दिँदै धर्म र राजालाई गाली गरेर देश उँभो नलाग्ने बताए ।

उनले अहिलेको गणतन्त्र केवल लुटतन्त्र रहेको टिप्पणी गरे। ‘अहिले हामी अल्पमतमा होलाऊँ, सानो संख्यामा हौँला’, उने भने, ‘तपाईंहरूले यो व्यवस्थालाई सर्वोत्तम् भनिरहनु भएको छ। तर यो लुटतन्त्र गणतन्त्र हो भने हामी विरोध गरिरहन्छौँ। एक दिन हामी यसलाई पल्टाएर छाड्छौँ।’