Logo

सुन तस्करीमा जोडिएका पूर्व सभामुख महरासहित सबैलाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन



काठमाडौं,४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

आइतबार गृहमन्त्रालयमा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी श्यामलाल ज्ञवाली र गृहसचिव एकनारायण अर्याललाई बोलाएर सुन प्रकरणमा छानबिन आयोगले डामेका सबैलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

विभिन्न समयमा नेपाल भित्रिएको १३८ किलो सुनको अवैध तस्करीबारे छानबिन गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा सरकारले छानबिन आयोग बनाएको थियो । बिहीबार सरकारलाई प्रतिवेदन बुझाएको आयोगले पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहितलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot