Logo

भुटानी शरणार्थी प्रकरण: थुनामा रहेका निलम्बित सचिव पाण्डेले हालेको रिट हेर्न नमिल्नेमा



काठमाडौं,४ चैत । नक्कली भुटानी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन सचिव टेकनारायण पाण्डेले सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।

आइतबार सर्वोच्चका न्यायाधीशद्धय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको थियो । सो रिट यसअघि सुवेदीले हेरिसकेको हुँदा उनले आज हेर्न नमिलेको हो । गत फागुन ८ गते दायर रिटमा ९ फागुनमा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

भुटानी शरणार्थी प्रकरणमा पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतले पनि सदर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot