एक सचिव बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस


काठमाडौं । सचिव बढुवा सिफारिस समितिले एक सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीनजना सहसचिवहरू डा। हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको हो।

पहिलो नम्बरमा सिफारिस डा। लम्साल सुदूरपश्चिम प्रदेशको कायम मुकायम प्रमुख सचिव छन्।

उता शर्मा कोशी प्रदेशको निमित्त प्रमुख सचिवका रुपमा छन्। पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन्।