काठमाडौं, चैत २३ । त्रिभुवन विश्वविद्यालयले कर्मचारी माग गरेको छ । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै प्रमुख कानूनी सल्लाहकारको कार्यालयका लागि मुख्य कार्यालय सहायक (सहायक प्रथम) पदमा कर्मचारी माग गरेको हो । विश्वविद्यालयले दरखास्त आह्वान गरेको कर्मचारीको किसिम करार रहनेछ ।
उक्त जागिरका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ । आवेदन दिँदा आवेदकले नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, पछिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र र वैकल्पिक वा अस्थायी सूचीमा परेको प्रमाणसमेत पेश गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।





प्रतिक्रिया