कांग्रेस-रास्वपा आमनेसामने भएपछि प्रतिनिधि सभा बैठक स्थगित


काठमाडौं,२७ चैत । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

आज बसेको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको र उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।

सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् । तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अष्गाडि नबढाउन आग्रह गरिन् ।

सत्तापक्ष र प्रतिपक्षी दुवै दल आमनेसामने भएपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।