पोखरामा बस दुर्घटना, ८ जना घाइते    


काठमाडौं, चैत २९ । काठमाडौंबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको बस पोखरा महानगरपालिका–२५ सुइखेतमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। आज बिहान ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बस सडक डिभाइडरमा ठोक्किएको हो।

३१ जना सवार बसमा प्रहरीले उद्धार गरी ८ जना घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको प्रहरीले जनाएको छ ।