काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफूले एमाले छाड्ने घोषणा नगरेको स्पष्टीकरण दिएका छन् । हिजो रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा रावलले आफू राजनीतिको नयाँ मोडमा (घुम्ती) मा पुगेको उल्लेख गर्दै एमाले छाड्ने संकेत गरेका थिए ।
त्यसको भोलिपल्ट आज भने रावलले आफूले एमाले छोड्ने घोषणा नगरेको जवाफ दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘एमालेमा नबस्ने घोषणा गरेको भन्ने कुरा गलत हो । मैले एमाले छोड्ने घोषणा गरेको छैन् । मैले एमाले छोड्ने घोषणा गरें भने त व्यवस्थित् रुपमा अनि तर्कसहित प्रस्तुत हुन्छु । मैले के भनेको छु भने एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा जुनप्रकारले मलाई व्यवहार गरियो, र त्योभन्दा अगाडि पार्टीलाई मिलाउनको लागि १० बुँदे सहमति गरेर केपी ओलीजी र माधव नेपालजीहरुकै आग्रहमा जसरी मैले त्यहाँ सक्रियतापूर्वक भूमिका निर्वाह गरें, उल्टै पार्टी जोगाएकोमा धन्यवाद दिन त कता हो कता ? केन्दीय कमिटी, स्थायी कमिटीले गरेका निर्णयहरु र अपानी जारी भएको कुरालाई कुल्चिने काम भयो ।’




प्रतिक्रिया