इलाममा ४५२३ मतान्तरले अघि बढे सुहाङ, रूखलाई कडा टक्कर दिँदै मुढा


काठमाडौं,१७ वैशाख। इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन् । भर्खरै प्राप्त विवरण अनुसार सुहाङले १२ हजार ४०५ मत पाएका छन् ।

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ७ हजार ८८२ मत पाएका छन् । सुहाङ खड्काभन्दा ४ हजार ५२३ मतले अगाडि छन् ।

त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ७७६९ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १४६५ मत ल्याएका छन् ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।