काठमाडौं,२१ जेठ । लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । लुम्बिनीले अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्याएको छ ।
यद्यपि कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखिएको छ । लुम्बिनीका १२ जिल्लामा सञ्चालित पुराना योजनालाई पूरा गर्ने लक्ष्य, पर्यटक भित्र्याउने, प्रदेशभित्र पर्यटन प्रवर्द्धन गर्दै वन, कृषि, पर्यटन, उद्योग, जडिबुटीलगायत क्षेत्रबाट उद्यमशीतलाको विकाससहित आर्थिक समृद्धिमा सम्पन्न प्रदेश बनाउने लक्ष्य सरकारले राखेको छ ।




प्रतिक्रिया