प्रकाशमान सिंहको स्वास्थ्यमा क्रमिक सुधार


काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार भएको छ । उपचारको लागि भारतमा रहेका सिंहको हालै शल्यक्रिया भएको थियो ।

उनको सचिवालयले सफल शल्यक्रिया भनेको छ । तर, उनको के को शल्यक्रिया भएको भनेर खुलाईएको छैन् । उनी पछिल्लो समय उपचारको लागि भारत जाने र आउने भैरहेको थियो ।