काठमाडौं, जेठ २९ । पाल्पाको तिनाउ खोलामा तीन दिनमा तीन जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बालकसहित तीनै जना पुरुष रहेका छन् ।
शनिबार आइतबार र सोमबार गरी तीन दिनमा दैनिक एक जनाले ज्यान गुमाएका हुन् । गर्मी छल्न नेपाल आएका तीन जना भारतीय नागरिक मध्ये सोमबार तिनाउ गाउँपालिका–३, झुम्सा लामेदमारस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर भारतको महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको मृत्यु भएको हो ।
यस्तै आइतबार भारतकै गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका अन्दाजी १५ वर्षीय आर्यन कुमारको र शनिबार पनि सोही स्थानमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। तिनाउ खोलामा डुबेर बैशाख यता ६ जनाले ज्यान गुमाएका छन् ।




प्रतिक्रिया