काठमाडौं । दलितका लागि दलित अभियान नेपालले दैलेखमा जन-प्रदर्शन तथा जागरण सभा आयोजना गरेको छ ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा कार्यक्रमको प्रमुख अतिथी थिए कार्यक्रममा विश्वकर्माले मानिसलाई जबरजस्ती दलित बनाएर राज्यले अपराध गरेको बताएका छन् । देश, र समाज दलितको आँशु, र रगत बगेको टुलुटुलु हेरेर बसेकाले अब दलित आफ्नो लागि आफै लड्नुपर्ने उनको भनाइ थियो । मञ्चमा उभिएर भाषण गर्ने तर घरमा दलितलाई छिर्न नदिने अबस्थामा अहिले पनि रहेकाले दलितको अभियान गैरदलितको विरुद्ध नभएको बताउदै उनले कानुनमा प्रतिबन्ध गरेको कर्म गर्ने छुट कसैलाई नभएको बताए।
दलित आयोगले तीनै तहको सरकारमार्फत जातीय विभेद र हिंसाको विरुद्ध कार्य गरिरहेको उनको भनाइ छ । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताएकी छन् । दलित समुदायको न्याय र मुक्तिका लागि पार्टीभन्दा माथी उठेर लाग्नुपर्ने परिस्थिति बनेको उनको भनाइ छ । कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहेकी विकले कर्मचारी तन्त्रको असहयोगका कारणले दलितको कानुन बन्न नसकेको बताईन् ।
कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले विभिन्न पार्टिमा लागेका दलित अब दलित बन्न तयार हुनुपर्नेमा जोड दिएका छन् । ‘हिजोसम्म अरुका लागि दलित लडे अब दलितका लागि लड्नुपर्छ’ उनले भने ‘दलितदलित एक हुनुपर्छ । आफ्नो अधिकारको लागि छुट्टै शक्ति निर्माण गरेर आत्मसम्मानको अभियानमा जुट्नुपर्छ’ ।
कार्यक्रममा लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्ध गीत गायकी थिईन्।
कार्यक्रममा भगवतीमाई युवा संजालले समन्वय गरेको थियो भने स्थानीय अन्य संघ सस्थाले सहकार्य गरेका थिए । दैलेखको भगवतीमाई गाउपालिका बेस्तडामा भएको कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिस्वकर्मा, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, कर्णाली प्रदेश सभा सदस्य उर्मिला बिस्वकर्मा, दलित मुक्ति मोर्चा अध्यक्ष दिनेश चदरा, भगवतीमाई गाउपालिका उपाध्यक्ष मिना कुमारी खड्का, चर्तित कलाकार टीका सानू, दलित जनप्रतिनिधि, दलित अगुवा, अभियन्ता, दलित पत्रकार संघ, कलाकार, लगायत दलित समुदायको सहभागिता थियो ।







प्रतिक्रिया