काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । केहीबेर अघिदेखि संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी रहेको हो ।
सत्ताबाट विस्थापित हुने अवस्थामा पुगेकोमाओवादी केन्द्रले नयाँ सत्ता समीकरण बनेकोलगायत समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।
एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । उनले शुक्रबार विश्वासको मत लिन लागेका छन् । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल









प्रतिक्रिया