काठमाडौं, साउन १५ । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठक आज अपरान्ह साढे ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।
समिति सभापतिका लागि नेपाली काँग्रेसबाट सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गराएकी छन् । यसअघिकी सभापति डा। आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेसँगै कृषि समितिको सभापति रिक्त रहेको थियो ।
सोमवार उम्मेदवारी दर्ता गराएकी थापा मगरको प्रश्तावक काँग्रेस सांसद वीरबहँदुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक रहेका छन्।




प्रतिक्रिया