मुग्लिङ–नारायणगढ खण्डको नौ किलोमा सडक भासियाे


काठमाडौं, असोज १२ । नारायणगढ–मुग्लिङ सडकको नौ किलोमा सडक भासिँदा ठूला सवारी साधनको आवागमनमा पूर्णरूपमा अवरुद्ध भएको छ।

सडकको छेउमा भाग २ फिटसम्म भासिएको छ। अझै भासिने क्रम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। सोही स्थानमा जुगेडीदेखि मुग्लिनतर्फ आउँदै गरेको प्र।३–०१–०२४च ३०५६ नम्बरको बलेरो जिप जमिन भासिएको छ।