महानगरलाई गाली गरेर न्याय पाउनुहुन्न, तपाईँको नेतालाई प्रश्न गर्नुस्ः बालेन


काठमाडौं, २३ भदौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले बागमती नदीको मापदण्डबारे सर्वोच्च अदालतले जारी गरेको फैसलामा महानगरलाई गाली गरेर न्याय नपाईने बताएका छन् । उनले नेतालाई ‘किन यस्तो कानुन बनाइयो’ भनेर प्रश्न गर्न पनि भनेका छन् ।

‘तपाईंहरु न्याय खोज्नु हुन्छ भने काठमाडौ महानगरलाई गाली गरेर तपाइले न्याय पाउनु हुन्न । तपाइकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला,’– मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले नयाँ मापदण्डमा बनेका कुनै पनि घर नभत्किने पनि बताएका छन् । घरहरु भत्काउनै पदा सरकारले मुआब्जा दिनुपर्ने उनको भनाइ छ । सरकारले ५० वर्ष पहिलेदेखिको तीनकुनेको मुआब्जासमेत दिन नसकिरहेको उल्लेख गर्दै उनले बागमती नदी आसपासका घर भत्काउन पर्दा पनि दिन नसक्ने दाबी गरेका छन् । सरकारले मुआब्जा नदिएसम्म घर भत्काउने नपाउने उनको भनाइ छ ।

‘ततपाईँको नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले ,५० बर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाइँलाइ दिन नि सक्दैन भत्काउन नि सक्दैन । तपाइँको लागि हामी छ्दै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सुचना जारी गरि हाल्नेछौ त्यतिनजेल कोहि नठ्गियोस भन्ने चाहना मात्र हो हाम्रो,’– उनले भनेका छन् ।