काठमाडौं, मंसिर ६ । आज अपराह्न मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न ४ बजे बस्ने बैठक मन्त्रीपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने छ । यस्तै, बैठकमा मन्त्रालयगत तथा सरकारका नियमित कामकारबाहीबारे पनि छलफल र निर्णय हुने बताइएको छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने तयारी रहेको छ ।




प्रतिक्रिया