काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ । टस जितेर बंगलादेशले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । नेपालले बंगलादेशविरुद्ध कमजोर ब्याटिङ गरिरहेको छ ।
ताजा अवस्थामा नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर ८७ रन जोडेको छ । नेपालका लागि आकाश त्रिपाठीले सबैभन्दा धेरै ४३ रन जोडेका छन् । ७७ बलको सामना गरेका उनले ५ चौका हिर्काएका थिए । मयन यादव र नरेन भट्ट समान ४ रनमा आउट हुँदा सन्तोष यादव ७ र अर्जुन कुमाल शून्य रनमा आउट भए ।
बंगलादेशका लागि रिजन हुसेनले २ तथा अल फाह्द, साद स्लाम, आक्वुवल हुसेन र महोमद्राफीले समान १ विकटे लिएका छ्न ।
पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६।२ ओभरमा १७८ रनमा अलआउट भयो ।
नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।




प्रतिक्रिया