काठमाडौं, मंसिर २५ । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो गएराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
बा १६ च ३१६२ नम्बरको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएको रौतहटका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल हस्पिटलमा राखिएको छ । तीव्र गतिको स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार मृतक अधिकांशको सनाखत हुन बाँकी छ। उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने प्रहरीले बताएको छ ।
सिरहाको अर्नमा गाउँपालिका-३ बाट गढीमाई मेला गएको र फर्किन लागेको बेला दुर्घटनामा परेको बताइएको छ ।




प्रतिक्रिया