कर्णाली याक्सविरुद्ध पोखराका दुवै ओपनर आउट


काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्धको खेलमा आफ्ना दुवै ओपनर गुमाएको छ। अहिले भइरहेको खेलमा आन्द्रेस गाउसपछि दिनेश खरेल पनि आउट भएका हुन्।

आन्द्रेसले २५ रन बनाए भने खरेलले १९ बलमा २६ रन जोडे। पोखरा २ विकेट क्षतिसँगै ५८ रनमा खेलिरहेको छ।