काठमाडौं, २८ मंसिर । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आगामी ०८३ को स्थानीय तह निर्वाचन र ०८४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एक्लै लड्नुपर्ने प्रस्ताव गरेका छन् । महासचिव भुसालले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा गठबन्धनका आधारमा निर्वाचनमा जाने कुरा सोच्न नसकिने बताएका छन् । उनले गठबन्धनका कारणले नेपालको राजनीति बदनाम हुँदै गएको उल्लेख गर्दै उनले अहिले आफूहरुले गठबन्धनका दुष्परिणाम भोगिरहेको बताएका छन् । गठबन्धनले क्रान्तिकारी पार्टीहरुलाई वैचारिकरुपले भुत्ते बनाउने उनको तर्क छ ।
‘२०८३ र २०८४ सालका निर्वाचनहरु हाम्रा लागि महत्वपूर्ण छन् । ती निर्वाचनहरु पनि आन्दोलनको कार्यक्रमभित्रै राखेर हामी अगाडि बढ्नु पर्छ । अब फेरि गठबन्धनका आधारमा निर्वाचनमा जाने कुरा हामीले सोच्नै सक्दैनौँ । एक त हामी आफैले गठबन्धनका दुष्परिणाम भोगीसकेका छौँ, दोश्रो, गठबन्धनका कारणले नेपालको राजनीति नै बदनाम हुँदै गएको छ । गठबन्धनले क्रान्तिकारी पार्टीहरुलाई वैचारिकरुपले नै भुत्ते बनाउँछ,’– महासचिव भुसालको प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोस्




प्रतिक्रिया