एनपीएलबाट बाहिरियो काठमाडौं, सुदूरपश्चिमसँग हारेपनि कर्णालीको अन्तिम चारको स्थान सुरक्षित


काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्स प्लेअफमा पुगेको छ । कर्णालीले दिएको १०२ रनको
लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र नभेट्टाएपछि काठमाण्डु बाहिरिएको छ । भने कर्णालीले अन्तिम चारमा आफ्नो ठाउँ सुरक्षित गरेको छ ।

अहिले जारी सुदूरपश्चिमविरुद्धको खेलमा पराजयको संघारमा पुगे पनि रनरेटका आधारमा कर्णालीले प्लेअफमा स्थान बनाएको हो ।