प्रचण्ड र गिरिजासँगको तस्विर सेयर गर्दै माधव नेपालले भने–इतिहास हो, तर धेरै पूरानो होईन


काठमाडौं, १३ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सामाजिक सञ्जालमा सक्रिय छन् । उनी आफ्नो धारणा सञ्जालमार्फत नै सार्वजनिक गर्दछन् । आज भने उनले गिरिजाप्रसाद कोइराला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगका पूराना तस्विर सार्वजनिक गरेका छन् ।

जहाँ उनले लेखेका छन्–‘इतिहास हो तर धेरै पूरानो होइन ।‘ एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाएका माधव नेपाल यतिवेला राजनीतिक जीवनकै कठिन मोडमा छन् । उनले एमालेसँगको विद्रोहको औचित्य पुष्टि गर्न नै हम्मेहम्मे परेको छ । अधिकांश नेता तथा कार्यकर्ता उनको साथ छोडेर मूल घर एमालेमै फर्कन आँतुर रहेका समाचार दिनहुँ आईरहेका छन् ।