काठमाडौं । राष्टिय मानव अधिकार आयोगले आयोगका पूर्व सदस्य प्रकाश वस्तीको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीशसमेत रहेका वस्तीको निधनप्रति दुख व्यक्त गरेको हो ।
वस्तीले २०७१-०७-०३ देखि २०७७-०७-०२ सम्म ६ वर्ष आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरी मानव अधिकारको संरक्षण र सम्बद्र्धनका साथै आयोगका काम कारवाहीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोगले जनाएको छ ।
आयोगले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेको छ । आयोगले स्व। वस्तीको सम्मान र सम्झनामा आयोगमा वस्तीको तस्वीरसहित १३ दिनसम्म शोकपुस्तिका राख्ने र तेह्रौँ दिनका दिन श्रद्धाञ्जलीसभा आयोजना गर्ने आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए ।
हृदयघातका कारण पूर्वन्यायाधीश वस्तीको ७१ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।




प्रतिक्रिया