काठमाडौं, ११ माघ । नेकपा (एमाले) का नेता लिलानाथ श्रेष्ठले नेपालमा विदेशीहरुले कम्फर्टेवल सरकार खोजिरहेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्राण्ड डिजाइन बनाइरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले सुरुदेखि नै सरकार ढाल्ने हल्ला गरिरहेको र उनको दिमागमा त्यहीमात्रै रहेको बताएका हुन् । ‘सुरुदेखि नै यस्तै हल्ला गरिराखेका छन् । यहाँ त दिमागमा के राखिएको छ भने यो सरकारलाई कसरी ढाल्ने, अर्को सरकार कसरी बनाउने ? त्यो प्रचण्डको ग्राण्ड डिजाइन छ,’– उनले भने ।
प्रचण्डको ध्यान कहिले पनि देश र जनताको समस्या, अर्थतन्त्रमा देखा परेको समस्याहरुको समाधानतर्फ नगएको उनको टिप्पणी छ । भू–राजनीतिको हिसाबले विगतको तुलनामा नेपाललाई धेरै प्रेसर रहेको उनले बताए । ‘विगतको तुलनामा धेरै प्रेसर छ नि त नेपाललाई । भू–राजनीतिको हिसाबले नेपालमा धेरै दवाब छ नि । अनि विदेशीहरुले, अन्य मुलुकका मान्छेहरुले नेपालमा कम्फर्टेबल सरकार खोजिरहेको अवस्था हो । यो अवस्थामा तपाईँले कुर्सीको लागि झगडा गर्ने ?’ प्रश्न गर्दै उनले भने । File Photo/RN




प्रतिक्रिया