काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक डाकेको छ । बिहीबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक डाकिएको माओवादीले जनाएको छ ।
शुक्रबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादीले जनाएको छ ।
संसद्को हिउँदे अधिवेशज माघ १८ गतेका लागि डाकिएको छ । त्यसअघि नै माओवादीले बैठक बोलाएको हो ।




प्रतिक्रिया