काठमाडौं । सरकारले हालै ल्याएका अध्यादेशहरु फास्ट ट्रयाकमा पारित गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
‘हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश हामीले संसद् सचिवालयमा दर्ता गरिसकेका छौँ,’ उनले भने, ‘ती अध्यादेश फास्टट्रयाकबाट यो हिउँदे अधिवेशनबाट पारित गर्ने काम हुन्छ।’
मन्त्री गुरुङले सरकार सदनबाट नभागेको प्रष्ट पारेका छन् । संवैधानिक अधिकार प्रयोग गर्दा वदनियत राखेको अर्थमा बुझ्न नहुने उनको भनाइ छ । ‘यो सरकारको संवैधानिक अधिकार हो । मुलुकको आवश्यकताको लागि, सुशासन प्रवद्र्धन गर्नका लागि र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अध्यादेश ल्याइएको हो’ उनले भने ।




प्रतिक्रिया