यस्तो छ पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे सांसद योगेश भट्टराईको १९ बुँदे धारणा


काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकारको विवाद वार्ता र सहमतिबारे समाधान गर्नुपर्ने बताएका छन् ।

बुधबार ताप्लेजुङबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदसमेत रहेका भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै वार्तामार्फत समाधान खोज्नुपर्ने बताएका हुन् । उनले निर्माण पक्षले केबलकारमा ७० वर्षभन्दा माथि र १० वर्षमुनिकालाई निशुल्क सेवा दिनुका साथै प्रभावित क्षेत्रका बासिन्दालाई सेयर दिनुपर्ने माग राखेका छन् ।

सांसद भट्टराईले आफ्नो १९ बुँदे धारणा सार्वजनिक गरेका छन् ।

यी हुन् उनले सार्वजनिक गरेका १९ बुँदे धारणा

१. संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पुरा गरेर पाथीभरा देवि मुकुम्लुङ केबलकार प्रा.लिले ताप्लेजुङमा अवस्थीत पाथीभरामा केवलकार निर्माणके काम शुरु गरेको हो ।

२. ताप्लेजुङ जिल्लामा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरु केवलकर बन्नु पर्छ भन्ने पक्षमा रहेका छन ।

३. केवलकार निर्माणका पक्षले निर्माण कार्य अघि वढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घटना पुग्यो ।

४. पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रुपले सुन्दर पर्यटकीय स्थल हो ।

५. जहां वर्षेनी नेपालका विभिन्न भाग भारतका सिक्किम, दार्जिलिङ, असाम, पश्चिम बंगाल, उत्तरप्रदेश, बिहार लगायतक क्षेत्रवट ठूलो मात्रामा श्रद्धालु दशनार्थी आउने गरेका छन ।

६. पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्याङ्ग अनुसार गतवर्ष करिब ३ लाख तिर्थालु र पर्यटकहरुले पाथीभरा भ्रमण गरेका थिए भने वर्षेनी यो संख्या उल्लेख्य मात्रामा वृद्धि हुदै गएको छ ।

७. पाथीभरालाई शक्तिको प्रतिक देविको रूपमा बुझिन्छ खस आर्य लिम्बु राई (किराँत) गुरुङ, तामाङ शेर्पा, मगर, नेवार, लगायतका सबै जात र विशेष गरी हिन्दु बौद्ध र किरात धर्मालम्बीहरुले समान रुपले अस्था र विश्वास दर्शाउने साझा स्थल हो पाथीभरा ।

८. ताप्लेजुङ जिल्लाका आर्थिक समृद्धिको आधार, जलश्रोत, पर्यटन र कृषि हो । तुलनात्मक रूपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो । ताप्लेजुङ प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ । त्यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर ताप्लेजुङवासीहरुको आर्थिक रुपान्तरणम उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुङवासीहरुको साझा धारणा रहेको छ ।

९. भौगोलिक रुपले विकट ठाँउमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस वृद्धवृद्धा वालवालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केवलकर उपयुक्त विकल्प हुनेम दुईमत छैन ।

१०. केवलकार को निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारवाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने अनुमान गरिएको छ। यसबाट ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकता विकास हुने र सम्रगतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।

११. निर्माण कम्पनीले प्रस्तुत गरेको DPR र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताव तथा वातावणीय प्रभाव मुल्याङकन प्रतिविदेनका आधारमा हेर्दा केवलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन। पवित्र कान्छी धान भन्दा केवलकार करिव २ सय मिटरका दुरीमा रहेको छ । पाथीभराको मूल मन्दिर भन्दा करिव ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिईने छैन। रुख तथा पोल गरेर २११२ कटान हुनेछ। बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन ।

१२. ताप्लेजुङमा निर्माण हुने केवलकार वा जल विद्युत्त आयोजनाका वारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरु तथा विदेशमा रहुन भएका नेपाली दिदीबहिनी तथा दाजुभाईले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौ । र धन्यवाद व्यक्त गर्दै ताप्लेजुङवासीहरुको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास- निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुङका नेतृत्व सक्षम रहेको सवैमा निवेदन गर्दछु ।

१३. २०८१ मघ १२ गतेको घटना प्रति दुख व्यक्त गर्दछु । त्यसक्रममा घाईते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका जवानहरु तथा नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै घाईतेहरुको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछु ।

१४. पाथीभरा केवलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलापहरु अघि बढाउन माग गर्दछु ।

१५. लोकतन्त्रम विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ । समस्याको समाधान बार्ता र संवादको माध्यमबाट गरिनु पर्दछ । परिस्थीतिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भडकिने खालका गतिविधिले कसैको हित गर्दैन । यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरु रिहा गर्न, घाईतेहरुको उपचारको व्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।

१६. केवलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षिय समिति निर्माण गर्न उपयुक्त हुनेछ। साथै केवलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्बाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्दछ ।

१७. केवलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निशुल्क सेवा दिने घोषणा गर्नु पर्दछ। प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नु पर्दछ । रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ । केवलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ ।

१८ पाथीभरा केवलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मूख्यमन्त्रीले लिनु भएको तत्परतीप्रति धन्यवाद व्यक्त गर्दछु । कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु |

१९. ताप्लेजुङको सम्रग विकासमा एकतावद्ध रुपले अघि बढ्न सबै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गर्दछु । सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सबैमा अपिल गर्दछु ।