काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीको एक सय दिने विशेष राष्ट्रिय अभियान समापन भएको छ । कांग्रेस जिल्ला कार्य समिती रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको सभापतित्व तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
एक सय दिने विशेष राष्टिय अभियान समापन कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा पूर्व गृहमन्त्री खाँणले कांग्रेसको बारेमा देशब्यापी रुपमा भएको टिकाटिप्पणीलाई उत्साहमा बदल्दै लैजानुपर्ने बताए । उनले नेपाली कांग्रेस जीवन्त,गतिशील र जनताको भरोसाको पार्टी भएकोले टिकाटिप्पणी आउनु स्वभाविक मान्नुपर्ने पनि बताए ।
भविष्य नहुनेहरुको बारेमा टिकाटिपप्णी नहुने खाँणको भनाइ छ । उनले नेपाली कांग्रेस पार्टीको विकल्पमा अरु पार्टी नभएको बताउदै कांग्रेस असफल भए देश असफल र संबिधान नै असफल हुने दाबी गरे । ‘कांग्रेस असफल भए लोकतन्त्र असफल हुन्छ । लोकतान्त्रिक मुल्य पद्धती असफल हुने भएकोले संसार भरी छरिएका आम नेपालीहरुको सफलता र प्रजातन्त्र तथा राष्टियताको सम्वर्धन र सुदृकरणका लागि पनि नेपाली कांग्रेसलाई सफल बनाउनु पर्छ,’– उनले भने ।
कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका खाँणले लुम्बिनीदेखि मुक्तिनाथसम्मको यात्रालाई सहज गराउने कामका लागि राज्य गम्भीर हुन आवश्यक रहेको बताए । उनले यसको लागि सुरक्षित बाटो निमार्णका लागि आफूहरुले लुम्बिनी र गण्डकी सरकारलाई पटक–पटक आग्रह गर्दैआएको समेत बताए ।
उनले नेपालमा भएका सम्भावनाहरुलाई अगाडी बढाउनु पर्ने बताए । नेपालको जलवायुमा भएको विविधतालाई उपयोग गर्नका लागि नेपालमा अन्तर्राष्टिय स्तरका विद्यालय तथा कलेजहरु खोल्नु पर्ने बताए । उनले बिदेशी विद्यार्थीहरुका लागि नेपाली विद्यालयमा छात्रबृत्तिको ब्यवस्था गर्न सके मात्र नेपालमा थप विकासका बाटोहरु खुल्ने बताए । विदेशी स्तरको विद्यालय नेपालमा भएमा नेपाल पनि शैक्षिक क्षेत्रमा फड्को मार्नु मात्र नभइ देशबाट बाहिरिने योग्य जनशक्ति नेपालमै रोक्न सक्ने उनले बताए ।
उनले नेपालको प्राकृतिक सम्पदालाई अधिकतम् प्रयोग गर्न सकेमात्र देशमा सोचेजस्तो विकास गर्न सकिने बताए । खाँणले रुपन्देहीमा नेपाल महिला संघ गठन गर्न आग्रह गरे । महिलाहरुलाई राजनीतिको अग्र पंक्तिमा आउन उनले आग्रह गरे ।
कांग्रेस जिल्ला कार्यसमिती रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले पार्टीले समुदायस्तरमा उदाहरणीय कार्य गर्दै आएको बताए ।
कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश योजना आयोगका उपाध्यक्ष डा.जीवन रानाले महिला संघको क्रियाशील सदस्यता वितरण गर्न आग्रह गरे । उनले महिलाहरुलाई पार्टीमा निरन्तरता र धैर्यता दिन जोड दिए ।




प्रतिक्रिया