काठमाडौं, १८ माघ । नेपाल बार एशोसिएशनले केन्द्रीय निर्वाचन समिति बनाएको छ। वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको संयोजकत्वमा निर्वाचन समिति गठन भएको भएको छ। निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता ताराबहादुर श्रेष्ठ, वरिष्ठ अधिवक्ता तेजनाथ धमला, अधिवक्ता सेमन्त निरौला र चन्द्रबहादुर शाही सदस्य रहेका छन्।
यस अघि नेपाल बारका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई निर्वाचन समितिको सदस्य बनाइएको कुरा सार्वजनिक भएपछि
श्रेष्ठले निर्वाचन समितिमा बस्न अस्वीकार गरेका थिए । त्यसपछि सिटौलालाई सदस्य बनाइएको हो।
नेपाल बार एसोसिएसनको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २०८१ चैत २३ गते शनिवारका लागि निर्वाचनको मिति तय भएको छ।




प्रतिक्रिया