काठमाडौं । महिला त्रिदेशीय टी ट्वान्टी आई सिरिजको चौथो खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । नेदरल्याण्डस्ले टस जितेर पहिला ब्याटिङको निर्णय लिएको छ । तेस्रो खेल खेल्न लागेको नेपाल जितविहीन छ ।
नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ । सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो । पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुँदैछन् ।




प्रतिक्रिया