काठमाडौं, माघ, २१ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया